साफ यू-२० महिला फुटबल : नेपाल र भारत भिड्दै
काठमाडाैं | माघ २४, २०७९
फाइल तस्बिर
काठमाडौं: बङ्गलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मङ्गलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
ढाकामा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपाल भारतलाई हराएर फाइनलमा स्थान बनाउने लक्ष्यमा छ । फाइनलमा पुग्न नेपाललाई भारतविरुद्ध जित निकाल्नैपर्ने बाध्यता छ ।
पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई हराएर उपाधि दौड कायम राखेको थियो । नेपाल अहिले दुई खेलबाट तीन अङ्क जोड्दै तेस्रो स्थानमा छ । चार अङ्क बनाएको भारत शीर्ष स्थानमा छ ।
भारतलाई फाइनल पुग्न बराबरी नतिजा पनि प्रयाप्त छ । दोस्रो स्थानमा रहेको आयोजक बङ्गलादेशको पनि चार अङ्क छ । दुवै खेलमा हार खेपेको भुटान अन्तिममा छ । आजै अर्को खेल बङ्गलादेश र भुटानबीच हुनेछ ।
बङ्गलादेश र भुटानको नतिजाले पनि फाइनल पुग्ने समीकरणको तय हुनेछ । चार टोलीबीच राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोलीबीच बिहीबार फाइनल खेल हुनेछ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

